२० बैशाख, २०८१ बिहिबार

04:25:55 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

२४ घण्टामा २ सय ३५ जना नयाँ संक्रमित थपिए, चारको मृत्यु

Nepal Business

१६ पुस, २०७८

पछिल्लो २४ घण्टामा मृतकको संख्या ४ रहेको छ ।

२४ घण्टामा २ सय ३५ जना नयाँ संक्रमित थपिए, चारको मृत्यु


काठमाण्डौं, पुस १६
पछिल्लो २४ घण्टामा नेपालमा २ सय ३५ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २ सय २४ जना र एन्टिजन परिक्षण गर्दा ११ जना गरि जम्मा २ सय ३५ जना नयाँ संक्रमित थपिएका हुन् ।


 यस अवधिमा २ सय १२ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा मृतकको संख्या ४ रहेको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ५९४ रहेको छ ।  
पछिल्लो २४ घण्टामा ९ हजार ८४ जनाले कोरोना परिक्षण गरेका थिए भने एक लाख ३९ हजार १ सय ५२ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या ४ हजार ८ सय ७९ रहेको छ ।