१५ बैशाख, २०८१ शनिबार

11:06:40 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बागमती प्रदेशसभा बैठक आह्वान

Nepal Business

६ जेठ, २०७९

बागमती प्रदेशसभा बैठक आह्वान

काठमाण्डौं । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाको १० औँ अधिवेशन बैठक आह्वान गर्नुभएको छ । प्रदेश प्रमुख शर्माले यही जेठ १३ गते शुक्रबार बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गर्नुभएको हो ।

बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले प्रदेशसभाको बैठक बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो ।

सोहीअनुसार प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा १ को अधिकार प्रयोग गरी प्रदेशसभाको बैठक अधिवेशन आह्वान गरेको प्रदेश प्रमुख सचिवालयले जनाएको छ ।