७ मंसिर, २०८१ शुक्रबार

07:44:29 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नबिल बैंकको संस्थापक सेयर लिलामीमा

Nepal Business

५ जेठ, २०७९

२८ हजार ९८५ कित्ता संस्थापक सेयर लिलामीमा

 नबिल बैंकको संस्थापक सेयर लिलामीमा

काठमाण्डौं । नबिल बैंक लिमिटेडको संस्थापक सयेर लिलामीमा आएको छ । बिहीबार बैंकले एक सूचना जारी गर्दै २८ हजार ९८५ कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको हो ।  

बैंकका अनुसार अशोक कुमार अग्रवालको नाममा रहेको ९ हजार ४२८ कित्ता, त्रिलोक चन्द्र अग्रवालको नाममा रहेको १० हजार ९५१ कित्ता र तुलसीराम अग्रवालको नाममा रहेको ८ हजार २१० कित्ता संस्थापक सेयर बिक्रिका लागि ३५ दिने सुचना जारी गरेको हो । 

सो सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापकहरुले तोकिएको अवधिभित्र के कति रेट कति कित्ता खरीद गर्ने हो सो समेत खुलाई बैंकको केन्दिय कार्यालयमा निवेदन दिनुपर्नेछ । 

तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरुमा उल्लेखित सेयर बिक्रि प्रकृया अघि बढाईनेछ ।