२० बैशाख, २०८१ बिहिबार

03:09:09 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

रोल्पामा कैदी झुन्डिएको अवस्थामा भेटिए

Nepal Business

५ जेठ, २०७९

रोल्पामा कैदी झुन्डिएको अवस्थामा भेटिए

रोल्पा । रोल्पा कारागारमा गए राति एक पुरुष कैदी झुन्डिएको अवस्थामा भेटिएका छन् ।

सुर्खेतको बराहताल गाँउपालिका–१ घोडाआँखेका २७ वर्षीय विजयविक्रम शाह कारगारको शौचालयमा आफ्नै गलबन्दीको पासो लगाई झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयाका सूचना अधिकारी प्रहरी निरीक्षक थमन जिसीले जानकारी दिनुभयो ।

शौचालयको ढोका बन्द रहेको जानकारी पाएपछि प्रहरीले ढोका फोरेको थियो । जिल्ला कारागारमा हाल महिला कैदी ११ र पुरुष कैदी ९६ रहेको बताइएको छ ।