३ जेठ, २०८१ बिहिबार

08:42:24 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

थप १९ जनामा कोरोना संक्रमण, १८ जना संक्रमण मुक्त

Nepal Business

३ जेठ, २०७९

हाल सक्रिय संक्रमितको संख्या १४९ जना रहेको छ।

थप १९ जनामा कोरोना संक्रमण,  १८ जना संक्रमण मुक्त

 काठमाण्डौं । पछिल्लो २४ घण्टामा नेपालमा १९ जना नयाँ संक्रमित थपिएका छन् । यसै अवधिमा १८ जना संक्रमण मुक्त भएर घर फर्केका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १८ जना र एन्टिजेन परिक्षण गर्दा १ जना गरी १९ नयाँ संक्रमित थपिएका हुन् ।                  

यसैगरी पछिल्लो २४ घण्टामा १८ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.८ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या शुन्य रहेको छ । 

पछिल्लो २४ घण्टामा ४ हजार १९७ जनाले कोरोना परिक्षण गरेका थिए भने खोप लगाउनेको संख्या पनि शुन्य रहेको छ । हाल सक्रिय संक्रमितको संख्या १४९ जना रहेको छ।