१६ बैशाख, २०८१ आइतबार

10:36:44 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ललितपुरमा कांग्रेसका चिरीबाबु र उपप्रमुखमा एमालेकी मञ्जलीको अग्रता

Nepal Business

३ जेठ, २०७९

 ललितपुरमा कांग्रेसका चिरीबाबु र उपप्रमुखमा एमालेकी मञ्जलीको अग्रता

कामाण्डौं । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा एमालेकी मञ्जली शाक्यको अग्रता कायम रहेको छ । 

पछिल्लो विवरणअनुसार कांग्रेसका उम्मेदवार चिरीबाबुले सात हजार २१७ र एमालेका हरिकृष्ण ब्यञ्जनकारले तीन हजार ६७४ मत पाउनुभएको छ ।

उपप्रमुखमा एमालेकी मञ्जलीले तीन हजार ६७४ मत र नेकपा (माओवादी) का बाबुराजा बज्राचार्यले दुई हजार २९२ मत पाउनुभएको छ ।महानगरपालिकामा २९ वडा रहेकामा हालसम्म चार  वडाको मात्रै परिणाम आएको छ । 

वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार, २ मा नेकपा (एकीकृत समाजवादी)का राजेशकुमार महर्जन र ३ मा श्रीगोपाल महर्जन, ५ मा नेकपा एमालेका विकासमान श्रेष्ठ विजयी हुनुभएको छ । हाल वडा नम्बर ४, ६ र ७ को गणना जारी रहेको छ ।

रासस