३ जेठ, २०८१ बिहिबार

02:07:47 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

थप ७ जनामा कोरोना संक्रमण, ९ जना संक्रमण मुक्त

Nepal Business

२ जेठ, २०७९

हाल सक्रिय संक्रमितको संख्या १ सय ३९ जना रहेका छन् ।

थप ७ जनामा कोरोना संक्रमण,  ९ जना संक्रमण मुक्त
काठमाण्डौं । पछिल्लो २४ घण्टामा नेपालमा ७ जना नयाँ संक्रमित थपिएका छन भने ९ जना संक्रमण मुक्त भएका छन् । 
 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ६ जना  र एन्टीजेन परिक्षणबाट १ जनागरि ७ नयाँ संक्रमित थपिएका हुन् ।                  
 
नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.८ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या शुन्य रहेको छ । 
 
पछिल्लो २४ घण्टामा २ हजार ७८५ जनाले कोरोना परिक्षण गरेका थिए । हाल सक्रिय संक्रमितको संख्या १ सय ३९ जना रहेका छन् ।