१४ बैशाख, २०८१ शुक्रबार

03:42:39 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

श्रीलंकामा भिषण बाढी, ६ सय भन्दा बढी परिवार प्रभावित

Nepal Business

२ जेठ, २०७९

राजधानी कोलम्बोाट दक्षिणमा रहेको रतनपूरा जिल्लामा बाढीको प्रकोप बढी देखिएको छ ।

श्रीलंकामा भिषण बाढी,  ६ सय भन्दा बढी परिवार प्रभावित

सिन्हवा ।  श्रीलंकामा शनिबारदेखि जारी रहेको अविरल वर्षाका कारण भिषण बाढी आएको छ । सो बाढीका कारण  पहिरो पनि गएको बताइएको छ ।

राजधानी कोलम्बोाट दक्षिणमा रहेको रतनपूरा जिल्लामा बाढीको प्रकोप बढी देखिएको छ । यस प्रकोपमा परेर ६ सय भन्दा बढी परिवारका २ हजार २ सय ९० जना विस्थापित हुन पुगेका बताइएको छ ।

यहाँका मौसमसम्बन्धी अधिकारीहरुले वर्षा अझै जारी रहने भएकाले सतर्कता अपनाउन भनेका छन् । सो जिल्लाका ८२ भन्दा बढी घर भत्किएका छन् भने अरु भौतिक संरचनामा पनि बाढीले क्षति पुर्याएको छ ।

सो बाढीका कारण आएको पहिराका साथै वर्षा जारी नै रहेकाले यहाँको धेरै क्षेत्र प्रभावित बनाउन सक्ने अनुमान गरिएको छ ।