७ मंसिर, २०८१ शुक्रबार
07:49:06 PM
२ जेठ, २०७९
नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेड र नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर लिलामी बढाबढ गरी बिक्री भइरहेको हो ।
काठमाण्डौं । आजभोली बजारमा विभिन्न २ कम्पनीको सेयर लिलामी मार्फत बिक्री भइरहेको छ । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेड र नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर लिलामी बढाबढ गरी बिक्री भइरहेको हो ।
नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेड
नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले वैशाख २१ गते बुधबारबाट १ लाख कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुल्ला गरेको छ । उक्त सेयरको न्यूनतम मूल्य प्रतिसेयर १ सय ३० रूपैयाँ तोकिएको छ ।
लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । उक्त सेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीहरुसहित अन्य व्यक्ति, कम्पनी तथा संघ–संस्थाहरूले पनि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्युनतम १० हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् । यस सेयरमा जेठ ४ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ ।
त्यसैगरी, बैंकको सेयर बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गरेको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंमा आइपुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।
नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड
नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले वैशाख २९ गते, बिहीबारदेखि ७९ हजार ८ सय ७३ कित्ता संस्थापक समूहको सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको छ । उक्त सेयरको न्यूनतम मूल्य प्रतिसेयर १ हजार रूपैयाँ तोकिएको छ ।
लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । उक्त सेयरमा संस्थाका विद्यमान संस्थापक शेयरधनीहरुसहित अन्य व्यक्ति, कम्पनी तथा संघ– संस्थाहरूले पनि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्युनतम एक सय कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् । यस सेयरमा असार ३ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ ।
त्यसैगरी, संस्थाको सेयर बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गरेको छ । लगानीकर्ताहरूले बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा आइपुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।