१६ बैशाख, २०८१ आइतबार

12:22:08 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बालेनको अग्रता कायमै करिव दोब्बर मतले अगाडि, उपमेयरमा सुनिताको २२ सय ३२ मत

Nepal Business

१ जेठ, २०७९

बालेनको अग्रता कायमै करिव दोब्बर मतले अगाडि, उपमेयरमा सुनिताको २२ सय ३२ मत

काठमाण्डौ । काठमाण्डौ महानगरको पछिल्लो मत परिणाम अनुसार प्रमुख पदमा बालेन शाह करिव दोब्बर मत अन्तरले अगाडि रहनुभएको छ ।

बालेन शाहले २ हजार १ सय ३९ मत प्राप्त गर्नुभएको छ । यसैगरी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ११ सय ९९ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले १ हजार ५७ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी २ हजार २ सय ३२ मत प्राप्त गर्दै सुनिता डंगोल अग्रस्थानमा रहनुभएको छ । अहिले काठमाण्डौ महानागर पालिकाको वडा नं. १,२,३,४ र ३२ को मतगणना भईरहेको छ ।