३ जेठ, २०८१ बिहिबार

10:30:37 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

थप ४ जनामा कोरोना संक्रमण, १८ जना संक्रमण मुुक्त

Nepal Business

२९ बैशाख, २०७९

देशभर १७३ जना सक्रिय संक्रमित रहेका छन् ।

थप ४ जनामा कोरोना संक्रमण,  १८ जना संक्रमण मुुक्त

काठमाण्डौं । पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस अवधिमा १८ जना निको भएर घर फर्केका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ४६३ जनाको पीसीआर परीक्षणमा ४ जना र ३५४ जनाको एन्टीजेन परीक्षणमा शुुन्य जना गरी ४ जनामा संक्रमण पुष्टि भएको हो ।

देशभर १७३ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये १७२ जना होम आइसोलेसनमा रहेका छन् भने १ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस अवधिमा मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।

विहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार १८९ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६६ हजार ८५७ जना संक्रमणमुक्त भएका छन् ।