३ जेठ, २०८१ बिहिबार

03:59:16 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

थप २१ जनामा कोरोना संक्रमण पुष्टि, १६ जना संक्रमण मुक्त

Nepal Business

२८ बैशाख, २०७९

हाल देशभर १२७ जना सक्रिय संक्रमित रहेका छन् ।

थप २१ जनामा कोरोना संक्रमण पुष्टि, १६ जना संक्रमण मुक्त

काठमाण्डौं । पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस अवधिमा संक्रमण मुक्त भएर घर फर्किनेको संख्या १६ रहेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ७० जनाको पीसीआर परीक्षणमा १८ जना र ७१८ जनाको एन्टीजेन परीक्षणमा ३ जना गरी २१ जनामा संक्रमण पुष्टि भएको हो ।

हाल देशभर १२७ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये १८६ जना होम आइसोलेसनमा रहेका छन् । बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार १८५ पुगेको छ । यो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन ।

यो सँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६६ हजार ८३९ जना संक्रमणमुक्त भएका छन् ।