७ मंसिर, २०८१ शुक्रबार
01:25:21 PM
२७ बैशाख, २०७९
उक्त छुट पाउनका लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्ने
काठमाण्डौं । बैंक अफ काठमाण्डू लिमिटेड र होटल एशियातिकबीच छुट सम्बन्धी सम्झौता भएको छ ।
बैंकको डेबिट कार्ड, क्रेडिट कार्डबाट पीओएस तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकहरुलाई २० प्रतिशतसम्मको विशेष छुट उपलब्ध गराउने सम्झौता भएको हो ।
उक्त छुट पाउनका लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।
होटल एशियातिक्वले एयरपोर्ट रोड, बिराटनगरबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।
हाल बैंकले ९७ शाखा कार्यालयहरु, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।