३ जेठ, २०८१ बिहिबार

10:20:56 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

थप १३ जनामा कोरोना संक्रमण पुष्टि, १७ जना संक्रमण मुक्त

Nepal Business

२७ बैशाख, २०७९

१८५ जना सक्रिय संक्रमित रहेका छन् ।

थप १३ जनामा कोरोना संक्रमण पुष्टि,  १७ जना संक्रमण मुक्त

काठमाण्डौं । पछिल्लो २४ घण्टामा १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस अवधिमा १७ जना संक्रमण मुक्त भै घर फर्केका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ३ हजार ६३४ जनाको नमुना परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २ हजार ३७६ पीसीआर परीक्षण गर्दा १२ जना र १२५८ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टाको अवधिमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ भने १८५ जना सक्रिय संक्रमित रहेका छन् ।