२२ बैशाख, २०८१ शनिबार

11:31:38 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

वैदेशिक रोजगारीमा जानेलाई अब अनलाइनबाटै श्रम स्वीकृति

Nepal Business

२७ बैशाख, २०७९

जेठ ६ गते शुक्रबारदेखि अनलाइनमार्फत नै हुने भएको हो।

वैदेशिक रोजगारीमा जानेलाई अब अनलाइनबाटै श्रम स्वीकृति

काठमाण्डौं । सरकारले आउँदो जेठ ६ गतेबाट वैदेशिक रोजगारीमा जाने युवाको अन्तिक श्रम स्वीकृति अनलाइनबाटै दिने भएको छ।

वैदेशिक रोजगार विभाग अन्तर्गतका श्रम कार्यालयहरूबाट जारी भइरहेको अन्तिम श्रम स्वीकृति अब अनलाइनबाटै हुने जनाइएको छ।

श्रम कार्यालयबाट २०७८ माघ २ गते बाट पुनः श्रम स्वीकृति २०७९ वैशाख २ गतेबाट संस्थागत सम स्वीकृतिको काम अनलाइनबाट गर्दै आएको थियो। तर व्यक्तिगत श्रम स्वीकृति र वैधानिकीकरण मार्फत हुने श्रम स्वीकृतिको काम भौतिक उपस्थितिमा भइरहेको थियो।

 उक्त काम पनि अब जेठ ६ गते शुक्रबारदेखि अनलाइनमार्फत नै हुने भएको हो।