१९ बैशाख, २०८१ बुधबार

09:45:03 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अफगानिस्तानमा तालिवान सरकार बनेपछि नौ लाखले गुमाए जागिर

Nepal Business

२७ बैशाख, २०७९

विगतका काम गर्दै आइरहेका महिलाहरूले अहिले काम गर्न नपाएकाले रोजगारी गुमाएकाहरूको सङ्ख्या धेरै

अफगानिस्तानमा तालिवान सरकार बनेपछि नौ लाखले गुमाए जागिर

अफगानिस्तानमा तत्कालीन तालिवान लडाकुहरूले सत्ता कब्जा गरेपछि अहिलेसम्म झण्डै नौ लाख मानिसले जागिर गुमाएका छन् ।

अफगानिस्तानको पुनर्निर्माणका लागि अमेरिकी विषेश निरीक्षकले दिएको जानकारी अनुसार यो तथ्याङ्क गत अगस्टदेखि अहिलेसम्मको हो । 

विषेश गरेर विगतका काम गर्दै आइरहेका महिलाहरूले अहिले काम गर्न नपाएकाले रोजगारी गुमाएकाहरूको सङ्ख्या धेरै देखिएको बताइएको छ । 

अहिले गरिबी पनि बढेको र लाखौँ मानिस भोकमरी र अभावको चपेटामा रहेको निरीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)का अनुसार सन् २०२१ को तेस्रो चौमासिकमा पाँच लाखले रोजगारी गुमाएका थिए । बाँकीले त्यसपछिको समयमा गुमाएका हुन ।

झण्डै चार दशकको आन्तरिक द्धन्द्धमा परेको अफगानिस्तानमा अहिले शान्ति स्थापना हुने अपेक्षा गरिएपनि असन्तुष्टि भने प्रकट भइरहेको छ । 

तालिवान सरकारको नीति र कार्यशैलीप्रति आन्तरिक तथा वाह्य क्षेत्रबाट असन्तुष्टि व्यक्त भइरहेको हो भने हिंसात्मक घटना पनि फेरि सुरु हुन थालेका छन् । 

रासस