७ मंसिर, २०८१ शुक्रबार

08:25:44 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

तीन कम्पनीको वित्तीय विवरण सार्वजनिक, सबैभन्दा बढि कस्ले कमायो ?

Nepal Business

२६ बैशाख, २०७९

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा ७१ करोड ७१ लाख रुपैयाँभन्दा बढी रहेको

तीन कम्पनीको वित्तीय विवरण सार्वजनिक, सबैभन्दा बढि कस्ले कमायो ?

काठमाण्डौं । तीन वटा कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

वित्तीय विवरण सार्वजनिक गर्नेमाछिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड, चिलिमे जलविद्युत कम्पनी लिमिटेड र सानिमामाई हाइड्रोपावर लिमिटेड रहेका छन् । 

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड

तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा ७१ करोड ७१ लाख रुपैयाँभन्दा बढी रहेको छ । तर गत वर्षको तुलनामा २५ प्रतिशत कम हो । 

गत वर्ष कम्पनीले ९५ करोड ५९ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो ।   

यस्तै कम्पनीका अनुसार यस वर्ष कम्पनीको सञ्चालन नाफा १ अर्ब १२ करोड रुपैयाँ भएको छ । यो कम्पनीले २७ प्रतिशत बोनस सेयरमार्फत चुक्तापूँजी बढाएर २ अर्ब ३२ करोड ४१ लाख रुपैयाँ पुर्याएको छ । कम्पनीको सेयर प्रिमियममा ४ करोड ९ लाख रुपैयाँभन्दा बढी रहेको छ छ । 

कम्पनीको रिटेन्ड अर्निङ १ अर्ब २४ करोड ७८ लाख रुपैयाँभन्दा बढी छ । कम्पनीको जगेडा कोषमा भने २ अर्ब रुपैयाँ भन्दा बढी रहेको छ ।

तेस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा ५५ करोड ९३ लाख रुपैयाँभन्दा बढी रहेको छ । 

यस वर्ष कर्जा सापटी १२.२७ प्रतिशत कम रहेको कम्पनीले करिब १५ प्रतिशत बढी निक्षेप संकलन गरेको छ भने २९.३८ प्रतिशत बढी कर्जा प्रवाह गरेको छ।

कम्पनीले यस अवधिमा ५ अर्ब ४५ करोड रुपैयाँ भन्दा बढी कर्जा सापटी लिएको छ भने ३२ अर्ब २० करोड रुपैयाँ भन्दा बढी कर्जा प्रवाह गरेको छ ।

निक्षेप संकलन भने कम्पनीको २५ अर्ब ७९ करोड ३२ लाख रुपैयाँ भन्दा बढी छ । गत वर्ष ०.५५ रहेको निष्क्रिय कर्जा यस वर्ष ०.९१ प्रतिशत पुगेको छ ।
यस अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ४१.१४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २४१.६८ रुपैयाँ छ ।

चिलिमे जलविद्युत कम्पनी लिमिटेड

चिलिमे जलविद्युत कम्पनी लिमिटेडले ९ महिनामा  ५२ करोड २० लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको तुलनामा यस अवधिमा कम्पनीले १.२४ प्रतिशत मात्र खुद नाफा बढि हो । 

गत वर्ष यस अवधिसम्म कम्पनीको खुद नाफा ५१ करोड ५६ लाख रुपैयाँ भन्दा बढी थियो।

कम्पनीको सञ्चालन नाफामा भने गिरावट आएको छ । कम्पनीको सञ्चालन नाफा १ प्रतिशतले घटेको हो । गत वर्ष ५५ करोड १८ लाख रुपैयाँ भन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष ५४ करोड ३२ लाख रुपैयाँ भन्दा बढी मात्र यो नाफा गरेको छ।

कम्पनीको गत वर्षभन्दा यस वर्ष वित्तीय आम्दानी २०.२४ प्रतिशत बढी भएकाले खुद नाफामा सामान्य बृद्धि देखिएको छ । गत वर्ष १० करोड ८२ लाख रुपैयाँ भन्दा बढी वित्तीय आम्दानी गरेको कम्पनीले यस वर्ष १३ करोड १ लाख रुपैयाँ भन्दा बढी यो आम्दानी गरेको छ । 

यस्तै कम्पनीको विद्युत बिक्री आम्दानी २ प्रतिशत बढेर ८२ करोड ३४ लाख रुपैयाँ भन्दा बढी भएको छ । गत वर्ष विद्युत बिक्री आम्दानी ८० करोड ९२ लाख रुपैयाँ थियो । 

यसैगरी कम्पनीले ७.५० प्रतिशत बोनस सेयरमार्फत पूँजी बृद्धि गरी ६ अर्ब ७५ करोड १७ लाख ९४ हजार रुपैयाँ कायम गरेको छ । 

कम्पनीको रिटेन्ड अर्निग ४.२७ प्रतिशत कम ३ अर्ब ३९ करोड ८७ लाख रुपैयाँ रहेको छ ।  

यस अवधिमा कम्पनीका प्रतिसेयर आम्दानी १०.२१ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १५०.३४ रुपैयाँ रहेको छ ।

सानिमामाई हाइड्रोपावर लिमिटेड

सानिमामाई हाइड्रोपावर लिमिटेडले ९ महिनाको अवधिमा ४५ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ ।

गत वर्ष यस अवधिसम्म कम्पनीले ३३ करोड २२ लाख रुपैयाँ नाफा गरेको थियो । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा ३५.४७ प्रतिशत बढी हो ।  

कम्पनीको विद्युत बिक्री आम्दानी साढे ११ प्रतिशतले बढेर ७ करोड ४० लाख रुपैयाँ भन्दा बढी भएको छ ।  वित्तीय आम्दानी करिब ३६९ प्रतिशत बढी २ करोड ७३ लाख रुपैयाँ भएको छ । 

यस्तै १० प्रतिशत बोनस सेयर मार्फत चुक्तापूँजी बढाएर ३ अर्ब ८ करोड ९२ लाख ५१ हजार रुपैयाँ कायम गरेको छ । कम्पनीको रिटेन्ड अर्निग करिब ३७ प्रतिशत बढी ८२ करोड १३ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको जगेडा करिब ४४ प्रतिशत बढी ६५ लाख रुपैयाँ कायम भएको छ ।