३ जेठ, २०८१ बिहिबार

06:41:56 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

थप १७ जनामा कोरोना संक्रमण पुष्ठि, २१ जना संक्रमण मुक्त

Nepal Business

२५ बैशाख, २०७९

हाल देशभर २०१ जना सक्रिय संक्रमित रहेका छन् ।

थप १७ जनामा कोरोना संक्रमण पुष्ठि, २१ जना संक्रमण मुक्त

काठमाण्डौं । पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस अवधिमा कोरोना संक्रमण मुक्त भएर घर फर्किनेको संख्या २१ रहेको छ ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ९०५ जनाको पीसीआर परीक्षणमा १७ जना र १ हजार १०५ जनाको एन्टीजेन परीक्षणमा शुन्य जना गरी १७ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शुन्य रहेको छ । 

हाल देशभर २०१ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये २०० जना होम आइसोलेसनमा रहेका छन् भने १ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १ जना आईसीयूमा उपचाररत छन् ।

आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार १४३४ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६६ हजार ७८९ जना संक्रमणमुक्त भएका छन् ।