४ जेठ, २०८१ शुक्रबार

03:04:42 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

स्थानीय तह निर्वाचनका दिन कोभिड–१९ विरुद्धको खोप अभियान बन्द हुने

Nepal Business

२५ बैशाख, २०७९

छिमेकी मुलुक भारतमा कोराना संक्रमण बढ्दै गइरहेको भन्दै मन्त्रालयले सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।

स्थानीय तह निर्वाचनका दिन कोभिड–१९ विरुद्धको खोप अभियान बन्द हुने

काठमाण्डौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३० वैशाखमा कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन नहुने बताएको छ ।

वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा स्वास्थ्यकर्मीहरु समेत परिचालन हुने र स्थानीय स्वास्थ्यकर्मीहरुले पनि आफ्नो मताधिकार प्रयोग गर्नुपर्ने भएकोले सो दिन खोप कार्यक्रम बन्द हुने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै चुनावको अघि र पछिका दिनहरुमा खोप केन्द्रमा नियमित खोप अभियान सञ्चालन हुने जनाएको छ ।

छिमेकी मुलुक भारतमा कोराना संक्रमण बढ्दै गइरहेको भन्दै मन्त्रालयले सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।