४ जेठ, २०८१ शुक्रबार

05:47:33 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

थप १४ जना कोरोनामा संक्रमण पुष्टि, सक्रिय संक्रमित २०५

Nepal Business

२४ बैशाख, २०७९

पछिल्लो समय २१ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् ।

थप १४ जना कोरोनामा संक्रमण पुष्टि, सक्रिय संक्रमित २०५

काठमाण्डौं । पछिल्लो समय १४ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या २०५ जना रहेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनअनुसार दुई हजार ७१६ जनामा कोरोना परीक्षण गर्दा १४ जनामा सङ्क्रमण देखिएको छ । 

पछिल्लो समय २१ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६६ हजार ७६८ पुगेको छ । निको हुने दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

शनिबार सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन । शून्य सङ्क्रमित भएको ३० जिल्ला पुगेको छ। नेपालमा सङ्क्रमण दर १७.३ प्रतिशत छ । नेपालमा प्रति १० लाखमा ३९३.४ जनाको निधन भएको छ ।