३ जेठ, २०८१ बिहिबार

02:23:45 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

थप १५ जनामा कोरोना संक्रमण पुष्टि, निको हुनेको संख्या १७

Nepal Business

२३ बैशाख, २०७९

त २४ घण्टामा कोरोना भाइरसका कारण कसैको पनि ज्यान नगएको

थप १५ जनामा कोरोना संक्रमण पुष्टि, निको हुनेको संख्या १७

काठमाण्डौं । नेपालमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ४ सय ५० पिसिआर परिक्षणका क्रममा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ३ वटा एन्टीजेन परिक्षणका क्रममा भने कसैमा पनि कोरोना पुष्टि भएन । 

गत २४ घण्टामा कोरोना भाइरसका कारण कसैको पनि ज्यान नगएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

यस्तै त्यस्तै १७ जना कोरोना संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ७ सय ४७ जना निको भएका छन् । हाल नेपालमा २ सय १५ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।