८ मंसिर, २०८१ शनिबार

07:13:31 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

समृद्धि फाइनान्सको वित्तिय शाक्षरता कार्यक्रम सम्पन्न

Nepal Business

२३ बैशाख, २०७९

फाइनान्सले मुद्घति निक्षेपमा सर्वाधिक १२.२५ प्रतिशत र बचत निक्षेपमा अधित्तम १० प्रतिशत सहित आर्कषक व्याजदर सहितका विभिन्न बचत खाताहरु समेत संचालनमा ल्याएको

समृद्धि फाइनान्सको वित्तिय शाक्षरता कार्यक्रम सम्पन्न

काठमाण्डौं । समृद्धि फाइनान्सले वित्तिय शाक्षरता कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार पुतलीसडक शाखाले मिल्टन इन्टरनेसनल कलेज, पोखरा शाखाले लायन्स क्लब को सहयोगमा अमरसिंह मावि मा र बुटवल शाखाले वडा नं. ११ को टोल विकास समिति मा उक्त कार्यक्रम सञ्चालन गरेको थियो ।

कार्यक्रममा विद्यार्थि किशोरकिशोरी तथा युवावर्गको वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारमा सुधार ल्याई वित्तीय सक्षमता अभिवृद्धिका माध्यमले विवेकशील वित्तीय निर्णय लिन सघाउने र यसको माध्यमबाट हरेक व्यक्तिको आर्थिक समृद्धिमा योगदान गर्नु यो वित्तीय चेतनामूलक अभियानको मुख्य उद्देश्य कम्पनीले जनाएको छ । 

यस्तै संस्थाका व्यवसाय प्रवद्र्धन विकासका अधिकृत सुरज कुमार सर्राफ र पुतलीसडक शाखा प्रमुख बिक्रम ज्ञवालीले जानकारी दिनुभयो । 

फाइनान्सले मुद्घति निक्षेपमा सर्वाधिक १२.२५ प्रतिशत  र बचत निक्षेपमा अधित्तम १० प्रतिशत सहित आर्कषक व्याजदर सहितका विभिन्न बचत खाताहरु समेत संचालनमा ल्याएको छ । 

फाइनान्सले हाल पाँच ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।