४ जेठ, २०८१ शुक्रबार

02:30:25 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

थप १७ जनामा कोरोना संक्रमण पुष्टि, १५ जना संक्रमण मुक्त

Nepal Business

२२ बैशाख, २०७९

हाल देशभर २१७ जना सक्रिय संक्रमित रहेका छन् ।

थप १७ जनामा कोरोना संक्रमण पुष्टि, १५ जना संक्रमण मुक्त

काठमाण्डौं । पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ  । यस अवधिमा १५ जना कोरोना संक्रमण मुक्त भएर घर फर्केका छन् भने मृत्यु हुनेको संख्या शुन्य रहेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ३३६ जनाको पीसीआर परीक्षणमा १५ जना र १ हजार ४३५ जनाको एन्टीजेन परीक्षणमा २ जना गरी ११७ जनामा संक्रमण पुष्टि भएको हो ।

हाल देशभर २१७ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये २१६ होम आइसोलेसनमा रहेका छन् भने १ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ९७ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६६ हजार ७३० जना संक्रमणमुक्त भएका छन् ।