२३ बैशाख, २०८१ आइतबार

07:42:03 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एमसीसीबारे प्रचण्डको प्रतिवेदन : संसोधन नगरी पारित गर्न सकिन्न

Nepal Business

१२ पुस, २०७८

एमसीसीबारे प्रचण्डको प्रतिवेदन : संसोधन नगरी पारित गर्न सकिन्न

काठमाडौं १२ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता परिमार्जन नगरी पारित नहुने दस्तावेजमा उल्लेखख गर्नुभएको छ ।

आफ्नो आठौं महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेश गर्दै उहाँले राष्ट्रिय हित अनुकूल बनाएर पारित गर्ने बताउनुभएको छ।   

यसअघि माओवादीले लिएको अडान अनुरुप नै एमसीसीबारे प्रचण्डको प्रतिवेदन आएको छ । यथास्थितिमा पारित गर्दा मुलुकको हितमा नहुने उनले प्रष्ट उल्लेख गरेका छन् ।