२३ बैशाख, २०८१ आइतबार

03:12:40 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रचण्डको अर्थनीति : उनले उठाएको भुमण्डलीकृत उदारवाद र वित्तीय पुँजिवाद के हो ?

१२ पुस, २०७८

प्रचण्डको अर्थनीति : उनले उठाएको भुमण्डलीकृत उदारवाद र वित्तीय पुँजिवाद   के हो ?

काठमाडौँ, १२ पुस । नेकपा (माओवादी केन्द्र) को जारी आठौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज शुरु भएको बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘२१ औँ शताब्दीमा समाजवादको बाटो’ शीर्षकको दस्तावेज पेश गर्नुभयो  ।

प्रतिवेदनमा वित्तीय पुँजिवादको कुरा मुख्यगरी उठाइएको छ । वन्दसत्रमा सहभागि प्रतिनिधिका अनुसार उहाँको आर्थिक नयाँ कार्यदिशा भनेको अहिलेको विश्व दृष्किोण निर्माण गर्ने कुरा हो । 

हिजो जुन ढंगले पुँजिपतिहरुले पुँजि कब्जा गर्दथे । आज आएर पैसाले पैसा कब्जा गर्ने वित्तीय पुँजिवादमा संसार पुग्यो । ति प्रतिनिधिले भने, त्यसको एउटा उदाहरण केही अस्ति शेयर बजारबारे प्रचण्डले उठाएको कुरा यसमा जोडिन्छ । 

एक प्रतिनिधिले भुमण्डलीकृत उदारवाद र वितीय पुँजिवादको कुरा विशेष रुपमा प्रतिवेदनमा उल्लेख भएको बताउनुभएको छ  ।  हिजो जुन ढंगले पुँजिपतिहरुले पुँजि कब्जा गर्दथे । आज आएर पैसाले पैसा कब्जा गर्ने वित्तीय पुँजिवादमा संसार पुग्यो । ति प्रतिनिधिले भने, त्यसको एउटा उदाहरण केही अस्ति शेयर बजारबारे प्रचण्डले उठाएको कुरा यसमा जोडिन्छ । अर्काे सन्दर्भ भनेको प्रचण्डले उत्पादन सम्बन्ध र वर्गीय अन्तरसम्बन्ध को कुरा उठाउनुभएको छ । हिजो माओवादीले उठाएको विषयवस्तुभन्दा परिस्थिति परिवर्तन भएको छ । '२१औँ सताव्दीको समाजवादको नेपाली बाटो शिर्षक'मा उहाँले उक्त पुरा उठाउनुभएको छ । 

हिजो माओवादीले उठाएको विषयवस्तुभन्दा परिस्थिति परिवर्तन भएको छ । 


उहाँले नेपालको राष्ट्रिय पूँजि र अर्थतन्त्रलाई कसरी मजबुद बनाउने र राष्ट्रिय पुँजिको कसरी निर्माण गर्ने भन्ने कुरा प्रतिवेदनमा स्पष्ट रुपमा समावेश गर्नुभएको छ । यसको मतलव राष्ट्रिय पूँजिपतिको संरक्षण गर्ने भन्ने विषय होइन भन्दै अध्यक्ष प्रचण्डले दोहोर्याएर भन्नुभएको छ । त्यसको जिष्टको रुपमा वित्तीय पुँजिवाद र भूमण्डलीय उदारवादको विरोध गर्ने कुरामा नै हो ति प्रतिनिधिले भन्नुभयो ।

अहिलेको प्रविधिको प्रयोगले मान्छेलाई नै विस्थापित गर्न सक्ने जुन ढंगले पूँजिवादीले ल्याइरहेका छन्, त्यसतर्फ प्रतिवेदनले ध्यानाकर्षण गराएको छ । अहिलेको विज्ञान र प्रविधिको कुरा पनि प्रतिवेदनमा आएको छ । आर्टिफिसियल ईन्टेलिजेन्सको प्रयोगलाई कसरी उपयुक्त ढंगले लैजाने भन्ने कुरामा प्रतिवेदनले एउटा विष्लेषण छाडेको छ ।


अहिलेको प्रविधिको प्रयोगले मान्छेलाई नै विस्थापित गर्न सक्ने जुन ढंगले पूँजिवादीले ल्याइरहेका छन्, त्यसतर्फ प्रतिवेदनले ध्यानाकर्षण गराएको छ । अहिलेको विज्ञान र प्रविधिको कुरा पनि प्रतिवेदनमा आएको छ । आर्टिफिसियल ईन्टेलिजेन्सको प्रयोगलाई कसरी उपयुक्त ढंगले लैजाने भन्ने कुरामा प्रतिवेदनले एउटा विष्लेषण छाडेको छ । 

हरेक पालिकामा कम्तिमा ५० जनाको समुह बनाएर उत्पादनमा जोड दिने कुरा पनि प्रतिवेदनमा उल्लेख छ । त्यो छ महिना भित्रैमा लागु पर्नुपर्छ भनिएको छ 


अर्काे कुरा भनेको हरेक पालिकामा कम्तिमा ५० जनाको समुह बनाएर उत्पादनमा जोड दिने कुरा पनि प्रतिवेदनमा उल्लेख छ । त्यो छ महिना भित्रैमा लागु पर्नुपर्छ भनिएको छ । प्रतिनिधिहरुले स्थानीय तहलाई बलियो बनाउने र उत्पादनमा जोड दिने कुरा आउनु सकारात्मक भएको बताएका छन् ।

माओवादी प्रवक्ता कृष्णबहादुर महराका अनुसार निरन्तर र व्यवस्थित तवरले शान्तिपूर्ण क्रान्तिको तयारी गर्ने, श्रमिक जनताप्रति जवाफदेही हुने विषय दस्तावेजमा उल्लेख छ । यस्तै नवर्गीय सङ्गठन निर्माण गर्ने र सम्पूर्ण पार्टी पङ्क्ति जनताको माझमा गई व्यापक जनाधार खडा गरी शान्तिपूर्णरूपमा समाजवादी क्रान्ति सम्पन्न गर्ने चुरो दस्तावेजनमा छ । 
प्रतिवेदनमा आत्मनिर्भर अर्थतन्त्रको कुरा गरिएको छ, तर अहिलेको खुला समाजको अवधारणामा हामी आत्मनिर्भर हुन सक्छौँ त ? भन्ने गम्भिर प्रश्न खडा भएको छ ।  आत्मनिर्भर अर्थतन्त्रमा जाने की अन्तरनिर्भर अर्थतन्त्रमा जाने भन्ने प्रश्न छ, यसमा समूहगत छलफलमा आवश्यक रहेको एक प्रतिनिधि इन्द्रराज भट्टराईले भन्नुभयो ।
नेपाली समाज सुहाउँदो प्रतिवेदन आएको प्रतिनिधिहरुको भनाइ छ । संविधानले निर्दिष्ट गरेको समाजवादउन्मुख यात्रामा जाने कुरालाई सम्बोधन गर्ने गरी प्रतिवेदन आएको जनाइएको छ ।