७ मंसिर, २०८१ शुक्रबार

07:09:17 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

२१ वटा लघुवित्त कम्पनीहरुको वित्तीय विवरण सार्वजनिक, कुनको कति ?

Nepal Business

२१ बैशाख, २०७९

एनआइसी एसिया लघुवित्तले ४७ करोड ९४ लाख ६ हजार रुपैयाँ भन्दा बढी खुद नाफा कमाएको

२१ वटा लघुवित्त कम्पनीहरुको वित्तीय विवरण सार्वजनिक,  कुनको कति ?

काठमाण्डौं । लघुवित्त कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

नेप्सेमा सूचीकृत २१ वटा लघुवित्त कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका हुन् । 

अधिकांश लघुवित्तहरुको चुक्ता पुँजी, जगेडा कोष, खुद ब्याज आम्दानी र खुद नाफामा वृद्धि भएको छ । विवरण अनुसार अधिकांश कम्पनीहरुको प्रतिसेयर आम्दानीमा भने गिरावट आएको छ ।

तेस्रो त्रैमासको विवरण सार्वजनिक गर्ने कम्पनीहरुमा सबैभन्दा धेरै चुक्ता पुँजी एनआइसी एसिया लघुवित्तको रहेको छ । लघुवित्तको चुक्ता पुँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँ छ ।

गत वर्षको नाफाबाट लघुवित्तले लगानीकर्तालाई नगद लाभांश मात्रै वितरण गरेकाले यसको पुँजी गत वर्षकै यथावत् छ ।

यस्तै यस अवधिमा सबैभन्दा धेरै चुक्ता पुँजी बढ्नेमा ग्लोबल आइएमई लघुवित्त छ । यसको चुक्ता पुँजी ६७% ले बढेर ५५ करोड २५ लाख ८९ हजार रुपैयाँ पुगेको छ । यसले यसैवर्ष स्पर्श लघुवित्तलाई गाभेकाले चुक्ता पुँजीमा धेरै वृद्धि भएको हो । 

यसैगरी सबैभन्दा धेरै जगेडा कोष एनआइसी एसिया लघुवित्तको रहेको छ । यसअवधिमा यसको जगेडा कोष ६४.९३ प्रतिशतले बढेर १ अर्ब ३१ करोड १६ लाख ६९ हजार रुपैयाँ पुगेको छ ।

तेस्रो चैमाससम्ममा १९ कम्पनीको जगेडा कोष बढेको छ भने २ कम्पनीको जगेडा कोष घटेको छ । 

यसैगरी नाडेप लघुवित्त बाहेक विवरण सार्वजनिक गर्ने सबै लघुवित्तहरुको खुद ब्याज आम्दानी बढेको छ । नाडेपको भने १९.१४ प्रतिशतले घटेको छ ।
तर एनआइसी एसिया लघुवित्तले भने १ अर्ब १० करोड रुपैयाँ भन्दा बढी खुद ब्याज आम्दानी गरेको छ । जुन विवरण सार्वजनिक गर्ने लघुवित्तमध्येको सबैभन्दा धेरै हो ।

एनआइसी एसिया लघुवित्तले ४७ करोड ९४ लाख ६ हजार रुपैयाँ भन्दा बढी खुद नाफा कमाएको छ । जुन २१ लघुवित्तमध्ये सबैभन्दा उत्कृष्ट हो ।

विवरण सार्वजनिक गर्ने २१ लघुवित्तमध्ये ५ वटाको खुद नाफामा भने गिरावट आएको छ ।

२१ वटा लघुवित्तमध्ये जनउत्थान लघुवित्तको प्रतिसेयर आम्दानी सबैभन्दा आकर्षक देखिएको छ । जनउत्थानको प्रतिसेयर आम्दानी ५९.६६ रुपैयाँ रहेको छ ।  तर गत वर्षको तुलनामा यस वर्ष अधिकांश कम्पनीहरुको प्रतिसेयर आम्दानी भने घटेको छ । 

विवरण अनुसार २१ लघुवित्तमा १४ वटा लघुवित्तको प्रतिसेयर आम्दानी घटेको छ ।