२३ बैशाख, २०८१ आइतबार

12:41:30 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

हलियाका घर निर्माण गर्न ५० लाख बजेट विनियोजन

Nepal Business

१२ पुस, २०७८

२५ परिवारलाई २ लाखका दरले बाँडिने

 हलियाका घर निर्माण गर्न ५० लाख बजेट विनियोजन



काठमाण्डौं, पुस १२
शुक्लाफाटाँ नगरपालिकाले मुक्त हलियाका घर निर्माणका लागि रु ५० लाख बजेट विनियोजन गरेको छ । नगरपालिकाको बैठकले मुक्त हलियाका २५ परिवारका घर निर्माणका लागि बजेटको व्यवस्था गरेको हो । 

घरबासको व्यवस्था नभएका मुक्त हलिया परिवारका लागि घर निर्माण गर्न नगरपालिकाको कोषबाट रकम खर्च गर्ने निर्णय गरीएको नगरप्रमुख दिलबहादुर ऐरले बताउनु भयो । पुनः स्थापना हुनबाट छुटेका क बर्गको परिचय पत्र पाएका मुक्त हलिया परिवारका लागि घर निर्माण गर्नका लागि आवश्यक बजेटको व्यवस्था अहिले मिलाइयो भने जग्गा खरिदको कार्य गत वर्षनै गरेका गरिएको थियो ।  

पुनः स्थापनका लागि छनौटमा परेका २७ मध्ये २५ परिवारलाई घर निर्माणका लागि २ लाखका दरले शून्य मौज्दातमा बैंकमा खाता खोलेर रकम उपलव्ध गराउने व्यवस्था गरिएको छ । 


 मुक्त हलिया परिवारलाई सात धुरका दरले घरवासका लागि जग्गा उपलव्ध गराइएको छ । मुक्त हलियाका लागि दुई कोठा, एक बरण्डा र शौचालय सहितको घर निर्माण हुने राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरका अध्यक्ष सिवी लुहारले बताउनुभयो । 

नगरपालिकाका लगतमा समावेशभै परिचय पत्र पाएका ४ सय ५८ मुक्त हलिया परिवार पुनः स्थापन भैसकेका छन । पुनः स्थापना हुनबाट छुटेका लगतमा समावेश हुन नसकेका मुक्त हलिया परिवारको सङ्ख्या भने ३ सय ५२  छ ।