२६ बैशाख, २०८१ बुधबार

05:33:20 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भिभोले भी२३ई को मूल्य घटायो

Nepal Business

२० बैशाख, २०७९

भी२३ई को ८+१२८जीबी संस्करण अब आधिकारिक रूपमा ४१ हजार ९९९ रुपैयाँ र ८+२५६ जीबी संस्करण ४६ हजार ९९९ मा उपलब्ध गराएको

भिभोले भी२३ई को मूल्य घटायो


काठमाण्डौं । भिभोले मंगलबार भिभो भी२३ई को मूल्य घटाएको छ ।

भी सिरिजको सबैभन्दा लोकप्रिय स्मार्टफोन मध्ये एक भी२३ई को ८+१२८जीबी संस्करण अब आधिकारिक रूपमा ४१ हजार ९९९ रुपैयाँ र  ८+२५६ जीबी संस्करण ४६ हजार ९९९ मा उपलब्ध गराएको कम्पनीले जानकारी दिएको हो । 

यी दुवै संस्करणमा तीन हजार रुपैयाँले मूल्य घटेको छ । उक्त नयाँ मूल्य मे १ देखि लागू भइसककेको छ । हालै बजारमा सार्वजनिक गरिएको भी२३ई मा ५०एमपी अटोफोकस सेल्फी पोट्र्रेट छ ।

यो स्मार्टफोनमा नवीन प्रविधि, अटोफोकस र एआई एक्सट्रिम नाइट पोट्र्रेट, मल्टी स्टाइल पोट्र्रेट लगायत विभिन्न पोट्र्रेट मोडहरु रहेका छन् ।

भी२३ई को रियर क्यामेरामा ६४एमपी नाइट क्यामेरा, ८एमपी सुपर वाइड–एंगल क्यामेरा र २एमपी म्याक्रो क्यामेराको ट्रिपल क्यामेरा सेटअप छ ।

सुपर नाइट मोडको साथ क्यामेराले कम प्रकाश अवस्थाहरूमा एआई मल्टिपल फ्रेमहरूको मद्दतले ब्राइटनेस र अँध्यारोलाई सन्तुलनमा राख्दौ उत्कृष्ट प्रदर्शन गर्दछ ।

भी२३ई ८जीबी र्याम र १२८जीबी वा २५६जीबी रोममा उपलब्ध छ । प्रयोगकर्ताले विस्तारित र्याम २.० को साहयताले १२जीबी बराबरको अनुभव प्राप्त गर्न ८जीबी र्यामलाई विस्तार गर्न सकिन्छ ।

यसबाहेक, यस स्मार्टफोन ४०५०एमएएच ब्याट्रीद्वारा संचालित छ जसमा ४४ वाट फ्ल्यसचार्ज छ । भिभो भी२३ई मा फनटच ओएस १२ रहेको छ जसमार्फत प्रयोगकर्ताहरूले होम स्क्रिनलाई पूर्णरुपमा कस्टुमाइज्ड गर्न सक्छन् ।