३ जेठ, २०८१ बिहिबार

06:02:17 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

थप ९ जनामा कोरोना संक्रमण, १८ जना संक्रमण मुुक्त

Nepal Business

१९ बैशाख, २०७९

हाल देशभर २११ जना सक्रिय संक्रमित रहेका छन् ।

थप ९ जनामा कोरोना संक्रमण,  १८ जना संक्रमण मुुक्त

काठमाण्डौं । पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  यस अवधिमा १८ जना कोरोनाबाट निको भएर घर फर्केका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३३३ जनाको पीसीआर परीक्षणमा ८ जना र ९२२ जनाको एन्टीजेन परीक्षणमा १ जना गरी ९ जनामा संक्रमण पुष्टि भएको हो ।

 हाल देशभर २११ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये २०९ जना होम आइसोलेसनमा रहेका छन् भने २ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १ जना आईसीयू छन् । यो अवधिमा मृत्यु शुन्य रहेको छ । 

सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार २९ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ भने ९ लाख ६६ हजार ६७४ जना संक्रमणमुक्त भएका छन् ।