३ जेठ, २०८१ बिहिबार

04:26:43 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

थप २० जनामा कोरोना संक्रमण पुष्टि, २७ जना संक्रमण मुक्त

Nepal Business

१८ बैशाख, २०७९

हाल देशभर २२१ जना सक्रिय संक्रमित रहेका छन् ।

थप २० जनामा कोरोना संक्रमण पुष्टि, २७ जना संक्रमण मुक्त

काठमाण्डौं । पछिल्लो २४ घण्टामा थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस अवधिमा कोराना संक्रमण मुक्त भएर घर फर्किनेको संख्या २७ रहेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ५०८ जनाको पीसीआर परीक्षणमा १२ जना र ७१४ जनाको एन्टीजेन परीक्षणमा २ जना गरी २० जनामा संक्रमण पुष्टि भएको हो ।

हाल देशभर २२१ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये २१५ होम आइसोलेसनमा रहेका छन् भने ६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १ जना आईसीयू रहेका छन ।

यस अवधिमा मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।

आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ९०० पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ भने ९ लाख ६६ हजार ६२९ जना संक्रमणमुक्त भएका छन् ।