२ जेठ, २०८१ बुधबार

07:24:05 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ट्विटर किन्न टेस्ला कम्पनीको ४ अर्बको सेयर बेच्दै मस्क

Nepal Business

१८ बैशाख, २०७९

४४ अर्ब डलरमा उहाँले ट्विटर किन्न सहमति दिनु भएको थियो।

 ट्विटर किन्न टेस्ला कम्पनीको ४ अर्बको सेयर बेच्दै मस्क

अमेरिका । इलोन मस्कले ट्विटर किन्ने सहमति गरेपछि टेस्ला कम्पनीको ४ अर्ब डलरबराबरको सेयर बिक्री गरेको पाइएको छ।

बीबीसीका अनुसार टेस्लाका प्रमुख कार्यकारी अधिकृत रहनु भएका मस्कले ट्विटर खरिदको मञ्जुरी गरेको केही दिनपछि उक्त सेयर बिक्री गर्नु भएको हो। 

४४ अर्ब डलरमा उहाँले ट्विटर किन्न सहमति दिनु भएको थियो। सोसँगै त्यसका लागि आवश्यक रकममा सहयोग पुग्ने सोचेर उहाँले सेयर बिक्री गरेको अनुमान गरिएको छ ।

ट्विटरको बोर्डले भने सोमबार मस्कको ट्विटर किन्ने प्रस्ताव अनुमोदन गरेको थियो । पछि टेस्लाको सेयर घट्नथालेको थियो। उहाँले ट्विटरका लागि टेस्लाको सेयर बिक्री गर्ने भयको असर त्यसमा परेको देखिएको छ । 

तर पछि उहाँले टेस्लाको सेयर बिक्री नगर्ने बताउनु भएको थियो । मस्कले मंगलबार र बुधबार ४४ लाख डलरको सेयर बिक्री गरेको अमेरिकी धितोपत्र विनिमय आयोगमा बुझाएको कागजातमा उल्लेख छ ।