६ मंसिर, २०८१ बिहिबार

10:38:33 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

शुक्रबार चौध जनामा सङ्क्रमण

Nepal Business

१६ बैशाख, २०७९

शून्य सङ्क्रमित हुने जिल्ला ३० पुगेका छन्

शुक्रबार चौध जनामा सङ्क्रमण

काठमाडौँ,
पछिल्लो दिन १४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको बुलेटिनका अनुसार दुई हजार ७७१ जनामा परीक्षण गर्दा १४ जनामा सङ्क्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या २४३ जना रहेका छन् । पछिल्लो समय १९ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६६ हजार ६१२ पुगेको छ । यो दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या २४३ जना रहेका छन् । पछिल्लो समय १९ जना सङ्क्रमणमुक्त भएका छन् ।

यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६६ हजार ६१२ पुगेको छ । यो दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

शून्य सङ्क्रमित हुने जिल्ला ३० पुगेका छन् । नेपालमा सङ्क्रमण दर १७.४ प्रतिशत छ । नेपालमा प्रतिदश लाखमा ३९३.४ जनाको निधन भएको छ । हाल होम आइसोलेशनमा २३७, संस्थागत आइसोलेशनमा छ जना र सघन उपचारकक्षमा एक जनाको उपचार भइरहेको छ । 

विगत २४ घण्टामा दुई लाख नौ हजार ५६ जनाले खोप लगाएका छन् ।