१६ चैत, २०८० शुक्रबार

07:55:38 AM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

शून्य लागतसहितको रोजगारीको व्यवस्था गर्न मलेसियासँग आग्रह

Nepal Business

१६ बैशाख, २०७९

पारस्परिक सम्बन्धलाई अझ सुदृढ एवं सुमधुर तुल्याउन दुबै देशका अधिकारी प्रतिवद्ध

शून्य लागतसहितको रोजगारीको व्यवस्था गर्न मलेसियासँग आग्रह

काठमाडौँ,
मलेसियाको भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले त्यहाँका मानव संसाधनमन्त्री दातुक सेरी एम सराभननसँग भेटवार्ता गर्नुभएको छ । 

त्यस अवसरमा उहाँहरूले नेपाल र मलेसियाबीचको  मैत्रीपूर्ण सम्बन्धलाई नेपाली युवाको मलेसियाली श्रम बजारमा रहेको उपस्थितिले थप मजबुत बनाएकामा प्रसन्नता व्यक्त गर्दै पारस्परिक सम्बन्धलाई अझ सुदृढ एवं सुमधुर तुल्याउन आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो ।

दुवै पक्षले दुई देशबीच सन् २०१८ मा हस्ताक्षर भई हाल कार्यान्वयनमा रहेको द्विपक्षीय समझदारीपत्रलाई थप प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, मलेसियाको श्रमबजारको आवश्यकता बमोजिम नेपाली युवालाई सीपयुक्त बनाई थप रोजगारीका अवसरहरू प्रदान गर्ने विषयमा समेत उहाँले छलफल गर्नुभएको थियो । 

यस्तै रोजगारीको लागि युवाका छनोट तथा नियुक्तिलाई शून्य लागतसहितको स्वच्छ नियुक्तिको सिद्धान्तलाई थप प्रभावकारी बनाउने, मलेसियामा रोजगारीमा रहेका नेपाली नागरिकहरूको स्वास्थ्य, सामाजिक सुरक्षा र सामाजिक कल्याणलाई थप सवलीकरण गर्ने, चौबिसै घण्टा प्रभावकारी हुने बिमा सुविधाको व्यवस्था गर्नेबारेमा विचारविमर्श गर्नुभएको क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ ।