२२ बैशाख, २०८१ शनिबार

03:09:24 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आठघण्टा कामगर्दा दैनिक सुक्खा ५८० पारिश्रमिक

Nepal Business

११ पुस, २०७८

पारिश्रमिक वृद्धिको माग गर्दा सुनकोसी मरिण डाइभर्सन बन्द

आठघण्टा कामगर्दा दैनिक सुक्खा ५८० पारिश्रमिक

काठमाण्डौं, पुस ११

मजदुरहरुले पारिश्रमिक वृद्धिको मागराखी आन्दोलन गर्दा सुनकोसी मरिण डाइभर्सनको काम बन्द भएको छ ।  मजदुरले पारिश्रमिकको विषयमा असन्तुष्टि व्यक्त गर्दै आन्दोलन गरेपछि सुनकोसी मरिण डाइभर्सनको काम बन्द भएको हो । कुल ३२० जना मजदुर सुनकोसी मरिण डाइभर्सनमा काम गर्दै आइरहेका छन् । 

निर्माणको काम  भर्खरै सुरु भएको आयोजनामा काम गर्ने मजदुरले जिल्लाको दरअनुसार पारिश्रमिक पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रेपछि आयोजना निर्माणकार्य बन्द भएको छ । आयोजनाले आफूहरूलाई दिएको पारिश्रमिक तथा सेवासुविधा न्यून रहको भन्दै पारिश्रमिक वृद्धि गर्न गरेको माग आयोजना पक्षले बेवास्ता गरेपछि आन्दोलन गर्नुपरेको मजदुर पूर्णबहादुर विकले बताउनुभयो । सुनकोसी–मरिण डाइभर्सनले कामदारलाई  दैनिक आठ घण्टा काम गरेवापत  सुक्खा रु ५८० का दरले पारिश्रमिक दिने गरेको छ । आयोजनले दिएको पारिश्रमिकले जीवन धान्न नै मुस्किल भएकोले वाद्य भएर आन्दोलन गर्नुपरेको विकलेको भनाई छ ।

आयोजनाले जिल्लाको दर कायम गर्नुपर्ने, ओभरटाइम एक घण्टा काम गरेपछि डेढ घण्टाको तलब पाउनुपर्ने, शनिबार पनि ओभरटाइम हुनुपर्ने, चाडपर्व, सरकारी बिदाको ओभरटाइम हुनुपर्ने, दशैं बोनस पाउनुपर्ने, बिरामी हुँदा उपचारसहित सामान्य हाजिरी हुनुपर्ने माग मजदुरहरुले राख्दै आएका छन । आयोजनामा मजदुर ११०, मिस्त्री ५०, मेकानिक ८, अपरेटर २०, वेल्डर ७, दोभासे ४, कार्यालयका अन्य कामदार र ड्राइभर गरी ३२० मजदुर कार्यरत रहेका चाइना ओभरसिज इञ्जीनियरिङ ग्रुप कम्पनीका प्रसाशन प्रमुख मिस्टर लूले जानकारी दिनुभयो ।

सुनकोसी–मरिण डाइभर्सन राष्ट्रियस्तरको आयोजना भएकाले केन्द्रीय सरकारको दरअनुसार मजदुरलाई तलब दिँदै आएको लूले बताउनुभयो । आयोजना निमार्णको ठेक्का पाएको चाइना ओभरसिज इञ्जीनियरिङ ग्रुप कम्पनीले जिल्लाको दरभन्दा कम पारिश्रमिक दिएको भन्दै आन्दोलित भएका मजदुरले शुक्रबारदेखि काम अनिश्चितकालसम्मका लागि ठप्प पार्दै आएका छन् । तर  सम्बन्धित निकायले समाधानका लागि कुनै पहल भने गरेको छैन ।