१९ मंसिर, २०८१ बुधबार
02:20:36 PM
१५ बैशाख, २०७९
रुसले गरेको आक्रमणबाट भएको क्षतिका साथै युक्रेनको अवस्थाको बारेमा जानकारी लिनुहुनेछ ।
सिन्ह्वा । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस युक्रेन पुग्नुभएको छ । उहाँले सो कुरा ट्वीट गरेर जनाउनुभएको छ । उहाँले ट्वीटमा भन्नुभएको छ– म रुसको भ्रमणपछि विहिबार युक्रेन पुगेको छु ।
बुधबार ट्वीट गरेर उहाँले सो कुरा जानकारी दिनुभएको विभिन्न विदेशी सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।
उहाँले युक्रेनमा रहँदा पछिल्ला केही हप्तायता रुसले गरेको आक्रमणबाट भएको क्षतिका साथै युक्रेनको अवस्थाको बारेमा जानकारी लिनुहुनेछ ।
राष्ट्रसंघीय महासचिव गुटेरसले युक्रेनमा रहँदा यहाँका द्धन्द्धग्रस्त क्षेत्रहरुको भ्रमण गरी यहाँ आवश्यक मानवीय क्षतिको अनुगमन गरी ती क्षेत्रका नागरिकको उद्धारका लागि सहयोग गर्ने बताउनुभएको छ ।
उहाँले जतिसक्दो चाँडो युक्रेन युद्धको अन्त्य हुनुपर्ने पनि ट्वीटमा बताउनुभएको छ ।
महासचिव गुटेरस हालैमात्र रुसको भ्रमणमा जानुभएको थियो । त्यस भ्रमणका क्रममा उहाँले युक्रेनसँग कूटनीतिक वार्ता गरेर छिट्टै समस्याको समाधान निकाल्न र युद्ध रोक्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग आग्रह गरेको पनि बताउनुभएको थियो ।