४ जेठ, २०८१ शुक्रबार

03:00:44 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

थप १५ जनामा कोरोन संक्रमण पुष्टि, १८ जना संक्रमण मुक्त

१५ बैशाख, २०७९

यस अवधिमा मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।

थप १५ जनामा कोरोन संक्रमण पुष्टि,  १८ जना संक्रमण मुक्त

काठमाण्डौं । पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १८ जना संक्रमण मुक्त भएर घर फर्केका छन । यस अवधिमा मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८२२ जनाको पीसीआर परीक्षणमा १५ जना र ९९३ जनाको एन्टीजेन परीक्षणमा शुन्य जना गरी १५ जनामा संक्रमण पुष्टि भएको हो ।

हाल देशभर २४९ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये २४५ जना होम आइसोलेसनमा रहेका छन् भने ४ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

विहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ भने ९ लाख ६६ हजार ५९३ जना संक्रमणमुक्त भएका छन् ।