७ मंसिर, २०८१ शुक्रबार
06:57:12 PM
१४ बैशाख, २०७९
हाल फाइनान्सको चुक्ता पुँजी ४९ करोड ३४ लाख ९६ हजार ३२५ रुपैयाँ रहेको छ ।
काठमाण्डौं । नेपाल फाइनान्स लिमिटेडले आफ्नो ७० प्रतिशत हकप्रद सेयरमा बुक क्लोज मिति तोकेको छ । कम्पनीले वैशाख २१ गते बुक क्लोज मिति तोकेको छ । वा वैशाख २० गतेसम्म कायम सेयरधनीले हकप्रद सुरक्षित गर्नेछन।
कम्पनीले धितोपत्र बोर्डबाट १ः०.७० अनुपातमा ३४ लाख ५४ हजार ४७४.२८ कित्ता हकप्रद बिक्री गर्न अनुमति बोर्ड बाट पाएको छ । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ ।
हाल फाइनान्सको चुक्ता पुँजी ४९ करोड ३४ लाख ९६ हजार ३२५ रुपैयाँ रहेको छ । हकप्रदपछि यसको चुक्ता पुँजी ८३ करोड ८९ लाख ४३ हजार ७५२ रुपैयाँ पुग्नेछ।