१९ मंसिर, २०८१ बुधबार
02:03:47 PM
१३ बैशाख, २०७९
तेस्रो विश्वयुद्धको सम्भावना रहेको चेतावनी दिनु भएको छ ।
काठमाण्डौं । रुसी विदेश मन्त्री सर्गेई लाभरोभले सोमबार युक्रेनले शान्ति वार्ताको पालना नगरेमा तेस्रो विश्वयुद्धको सम्भावना रहेको चेतावनी दिनु भएको छ ।
लाभरोभले विभिन्न रूसी समाचार एजेन्सीहरूसँग कुरा गर्दै शान्ति वार्तामा युक्रेनको दृष्टिकोणको आलोचना गरेको मस्को टाइम्सले उल्लेख गरेको छ।
टर्कीको इस्तानबुलमा रुस र युक्रेनबीच भर्खरै भएको बैठकमा लाभरोभले कीभले अघिल्लो अडानबाट बाहिरिएको सम्झौताको मस्यौदा प्रस्तुत गरेको उल्लेख गरेका छन्।
यसबाहेक लाभरोभले रुसले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले तोकेको टोलीसँग वार्तामा संलग्न हुने कुरामा जोड दिएका छन्। तर उहाँले जेलेन्स्कीले भने शान्ति वार्ताको नाटक मञ्चन गरिरहेको आरोप लगाउनु भएको छ ।
लाभरोभले तेस्रो विश्वयुद्धको खतरा बाहिर सुनिए जत्तिकै वास्तविक रहेको समेत चेतावनी दिनु भएको छ। खतरा गम्भीर छ, यो वास्तविक हो । उहाँले भन्नुभयो । रासस