२१ बैशाख, २०८१ शुक्रबार

11:40:31 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चालु आर्थिक वर्षको ९ महिनामा २ अर्ब ८० करोडको माछा मासु आयात

Nepal Business

१३ बैशाख, २०७९

विभागका अनुसार सो अवधिमा ४५ करोड २९ लाख ५९ हजार रुपैयाँको जिउँदो खसी नेपाल भित्रिएको छ ।

चालु आर्थिक वर्षको ९ महिनामा २ अर्ब ८० करोडको माछा मासु आयात

 काठमाण्डौं । चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म विभिन्न देशबाट नेपालले २ अर्ब ८० करोड १ लाख ७३ हजार रुपैयाँको खसी, मासु तथा माछाजन्य वस्तु आयात गरेको छ । 

२०७८ साउनदेखि चैत मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको जिउँदो खसी, मासु तथा माछाजन्य वस्तु नेपालले आयात गरेको भन्सार विभागले जनाएको छ । 

विभागका अनुसार सो अवधिमा ४५ करोड २९ लाख ५९ हजार रुपैयाँको जिउँदो खसी नेपाल भित्रिएको छ । सो मूल्यमा ५० हजार ५८७ वटा खसी आयात गरिएको छ । सबै खसीहरु नेपालले भारतबाट आयात गरेको हो । 

पछिल्लो नौ महिनामा १३ लाख १२ हजार रुपैयाँको २२० वटा भेडा पनि नेपाल भित्रिएका छन् । सबै भेडाहरु नेपालले चीनबाट आयात गरेको हो । 

बितेका ९ महिनामा २ अर्ब ३४ करोड ५९ लाख १ हजार रुपैयाँको माछा र माछाजन्य वस्तु नेपालले आयात गरेको विभागको तथ्याङ्कले देखाउँछ ।