७ मंसिर, २०८१ शुक्रबार

12:59:15 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मुक्तिनाथ बैंक र भरतपुर टाउन रेसिडेन्सीबीच छुट सम्बन्धी सम्झौता

Nepal Business

१२ बैशाख, २०७९

मुक्तिना थविकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले भरतपुरमा रहेको भरतपुर टाउन रेसिडेन्सी लाउन्ज एण्ड बारमा बसाई र खाना तथा परिकारहरुमा विशेष छुट प्राप्त गर्ने

  मुक्तिनाथ बैंक र भरतपुर टाउन रेसिडेन्सीबीच छुट सम्बन्धी सम्झौता

काठमाण्डौं । मुक्तिनाथविकास बैंक लि.ले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन भरतपूर टाउन रेसिडेन्सीसँग विभिन्न सेवाहरुमा १० प्रतिशत सम्मछुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।

यस सम्झौता पश्चात मुक्तिना थविकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले भरतपुरमा रहेको भरतपुर टाउन रेसिडेन्सी लाउन्ज एण्ड बारमा बसाई र खाना तथा परिकारहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटिएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।