२३ बैशाख, २०८१ आइतबार

07:09:24 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपालमा एमसीसी आउनु पर्ने कारण के ?

Nepal Business

९ पुस, २०७८

अहिले यसको विषयमा बहश चलिरहेको छ

नेपालमा एमसीसी आउनु पर्ने कारण के ?


 काठमाण्डौं, पुस ९
सन २०१४ मा नेपाल तथा अमेरिकाका विज्ञ अर्थशास्त्रीहरू तथा अमेरिकी सहयोग नियोग (युएसएआईडी) को एक अध्ययन टोली निर्माण गरियो । उक्त अध्ययन टोलीले अध्ययन अनुसन्धान गरी तयार पारेको प्रतिवेदनले नेपालको विकासका चार मुख्य अवरोधहरू पहिचान गरेको थियो । 
विज्ञ टोलीले तयार पारेको प्रतिवेदनमा उल्लेख गरिएका चार विषयले एमसीसी नेपाल भित्र्याउन बाटो खुल्यो । अहिले यसको विषयमा बहश चलिरहेको छ । वास्तवमा के थियो त एमसीसीमा  जसका कारण अनुमोदन गराउन सरकार लागिपरेको छ । 


पहिलो– नीति कार्यान्वयनको अनिश्चितता । दोस्रो– विद्युत् आपूर्तिको अपर्याप्तता । तेस्रो– यातायातको उच्च लागत । चौथो– चुनौतीपूर्ण औद्योगिक सम्बन्ध तथा श्रमसम्बन्धी कठोर कानुनहरू । 


प्रतिवेदनमा प्राप्त प्रमाणको आधारमा यातायात तथा श्रमभन्दा नीति कार्यान्वयनको अनिश्चितता र विद्युत् अपर्याप्ततालाई बढी गम्भीर विश्लेषण गरिएको छ । यही प्रतिवेदनको सुझावका आधारमा नेपालमा एमसीसीको कार्यक्रम कार्यान्वयनका लागि कार्यालय सञ्चालन गरियो ।