७ बैशाख, २०८१ शुक्रबार

06:29:44 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चीनको सांघाइमा कोभिडका कारण थप १२ जनाको मृत्यु, २० हजार ६३४ जना नयाँ संक्रमित

Nepal Business

१० बैशाख, २०७९

पछिल्लो पटक कोभिडबाट मृत्यु भएका व्यक्तिहरु बृद्धबद्धा रहेको चीन सरकारले जनाएको छ ।

चीनको सांघाइमा कोभिडका कारण थप १२ जनाको मृत्यु,  २० हजार ६३४ जना नयाँ संक्रमित

चीन । चीनको सांघाइमा कोभिडका कारण थप १२ जनाको मृत्यु भएको छ । कोभिड संक्रमणको चपेटामा परेको सांघाइमा पछिल्लो साता दिनहुँ जसो संक्रमणका कारण मृत्यु भएको छ । 

शुक्रबार सांघाइमा २० हजार ६३४ जना नयाँ संक्रमित भेटिएका थिए ।  पछिल्लो पटक कोभिडबाट मृत्यु भएका व्यक्तिहरु बृद्धबद्धा रहेको चीन सरकारले जनाएको छ ।

 उनीहरूमा स्वास्थ्यसम्बन्धी दीर्धकालीन समस्या रहेको पनि जनाइएको छ । त्यसैगरी उनीहरू कसैले पनि कोभिड खोप नलगाएको सरकारले दाबी गरेको छ ।