१६ चैत, २०८० शुक्रबार

01:42:46 AM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

तिब्बतको लकडाउनले नेपालमा असर, मालवस्तु बोकेको कन्टेनर नाकामै अलपत्र

Nepal Business

५ भदौ, २०७९

हिले तिब्बतलाई अन्य क्षेत्रबाट विच्छेद गराएर आम मानिसमा कोभिड–१९ परीक्षण, आइसोलेसन र उपचार जारी राखेको प्रत्यक्षदर्शीले बताएका छन् । नेपाली लगायतका अन्य कसैलाई पनि तिब्बत नआउन त्यहाँको प्रशासनले सूचना जारी गरेको एक व्यापारीले बताए ।

तिब्बतको लकडाउनले नेपालमा असर, मालवस्तु बोकेको कन्टेनर नाकामै अलपत्र

काठमाडौं ।
चीनको स्वशासित क्षेत्र तिब्बतमा थप तीन दिन लकडाउन लम्बिएसँगै नेपाली मालवस्तु बोको कन्टेनर अड्किएका छन् । 

नेपालका लागि माल वस्तु लिएर गुडेका ट्रक तथा कन्टेनरहरुको संख्या, माल वस्तु र तिनलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे यकिन गर्न ट्रान्स्पोर्टर र आयातकर्तासँग प्रशासनले जानकारी माग गरेको र तत्काल ती ट्रक गन्तव्यतर्फ गुड्ने सम्भावान निकै कम रहेको सूचना अनौपचारिक रुपमा दिइएको व्यापारीहरुले बताएका छन् ।

आइतबार एक सूचना जारी गर्दै तिब्बत प्रशासनले आगामी बुधबार (२४ अगष्ट) सम्मका लागि लकडाउन थप गरेको हो ।

तिब्बत क्षेत्रबाट नेपाली व्यवसायीलाई प्राप्त सूचनाअनुसार तिब्बतका सिगात्से, केरुङ र न्यालम जिल्लामा संक्रमण फैलिएको छ । जसका कारण तिब्बत क्षेत्रमा थप कडा लकडाउन गरिएको छ । ती क्षेत्र भएर नेपालका लागि मालवस्तु बोकेका ट्रक तथा कन्टेनरहरु आउने गर्दछन् ।

अहिले तिब्बतलाई अन्य क्षेत्रबाट विच्छेद गराएर आम मानिसमा कोभिड–१९ परीक्षण, आइसोलेसन र उपचार जारी राखेको प्रत्यक्षदर्शीले बताएका छन् । नेपाली लगायतका अन्य कसैलाई पनि तिब्बत नआउन त्यहाँको प्रशासनले सूचना जारी गरेको एक व्यापारीले बताए ।