८ बैशाख, २०८१ शनिबार

06:15:44 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कोभिडको उद्गमस्थल चीनमा पुन सङ्क्रमण : साङ्घाइमा फेरि चरणबद्ध लकडाउन गरिने

१४ चैत, २०७८

चीनको सबैभन्दा ठूलो सहर साङ्घाईले नयाँ भेरियन्ट ओमिक्रोनका कारण फैलिएको कोभिड–१९ रोक्न चरणवद्ध लकडाउन गर्ने भएको छ

कोभिडको उद्गमस्थल चीनमा पुन सङ्क्रमण : साङ्घाइमा फेरि चरणबद्ध लकडाउन गरिने

चीन,
चीनको सबैभन्दा ठूलो सहर साङ्घाईले नयाँ भेरियन्ट ओमिक्रोनका कारण फैलिएको कोभिड–१९ रोक्न चरणवद्ध लकडाउन गर्ने भएको छ ।

  • पूर्वी भागमा लकडाउन शुरु, पश्चिमी भागमा १ अप्रिलदेखि लकडाउन हुने
  • एकै दिन कोभिडका चार हजार ५०० सङ्क्रमित फेला 

सोमबारदेखि सुरु हुने कोभिड परीक्षणको पाँच दिनका लागि यसको पूर्वी भागमा सुरूमा लकडाउन गरिने स्थानीय प्रशासनले जनाएको छ । 

त्यस्तै, पश्चिमी भागमा १ अप्रिलदेखि लकडाउन हुनेछ । २ करोड ५० लाख जनसङ्ख्या भएको महानगर पछिल्ला दिनमा राष्ट्रव्यापी प्रकोपको प्रमुख केन्द्र बनेको छ ।

चीनमा आइतबार एकै दिन कोभिडका चार हजार ५०० सङ्क्रमित देखिएको यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । यो अघिल्लो दिनको तुलनामा एक हजार कम हो ।

सङ्क्रमण बढेसँगै विभिन्न सहरमा लागू भएका लकडाउनका कारण दशौँ हजार  चिनियाँ  प्रभावित भएका छन् ।