२४ बैशाख, २०८१ सोमबार

05:54:58 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अब नोकियाबार फोनहरुमा एक वर्षको रिप्लेसमेन्ट वारेन्टि

Nepal Business

९ बैशाख, २०७९

नोकिया फोनहरूको उत्पादक एचएमडी ग्लोबलले किनेको एक वर्षसम्म फोनमा कुनै पनि प्राविधिक समस्या आएमा साट्न सकिने

अब नोकियाबार फोनहरुमा एक वर्षको रिप्लेसमेन्ट वारेन्टि

काठमाण्डौं । अब नेपाली उपभोक्ताहरुले नोकियाबार फोन किनेको १ वर्षसम्म रिप्लेसमेन्ट वारेन्टि पाउने भएका छन् ।

नोकिया फोनहरूको उत्पादक एचएमडी ग्लोबलले किनेको एक वर्षसम्म फोनमा कुनै पनि प्राविधिक समस्या आएमा साट्न सकिने जानकारी दिएको हो । 

टिकाउपन र भरपर्दो ब्याट्रि लाइफले गर्दा सबैजना नोकिया फोनलाई माया र विश्वास गर्ने कम्पनीको भनाइ छ। 

उपभोक्ताको यो विश्वासलाई कायम राख्न र आफ्नो ब्रान्ड लोयल्टि अझै बढाउन नोकियाले आफ्नो बार फोनहरुमा रिप्लेसमेन्टको सुविधा ल्याएको हो । 

यो क्याम्पेन अन्तर्गत उपभोक्ताहरुले अधिकारिक वितरक र शोरुममा गएर आफ्नो पुरानो नोकियाबार नयाँँ फोनसँग साट्न सक्नेछन् ।

यो योजना नोकियाको १०५, ११०, ५३१०, ६३१०, १५०, २१०, र १२५ मोडलमा लागु हुनेछ।