२१ बैशाख, २०८१ शुक्रबार

03:09:19 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बजार अनुगमन प्रभावकारी बनाउन निर्देशन

Nepal Business

८ बैशाख, २०७९

दैनिक उपभोग्य वस्तुको मूल्य, गुणस्तर, मौज्दात तथा बिक्री वितरणको अवस्थाको निरन्तर अनुगमन गर्न निर्देशन

बजार अनुगमन प्रभावकारी बनाउन निर्देशन

काठमाडौँ,

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले बजार अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । 

पछिल्लो केही दिनयता विभिन्न कारण देखाउँदै बजारमा अति आवश्यक वस्तुहरुको मूल्यवृद्धि तथा वस्तुहरुको अभाव देखिएको भन्दै मन्त्री बडूले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण समितिलाई निर्देशन दिनुभएको हो ।

पछिल्लो केही दिनयता विभिन्न कारण देखाउँदै बजारमा अति आवश्यक वस्तुहरुको मूल्यवृद्धि तथा वस्तुहरुको अभाव देखिएको भन्दै मन्त्री बडूले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण समितिलाई निर्देशन दिनुभएको हो ।

उहाँले उपभोक्ताले मूल्य वृद्धिको गुनासो गर्न थालेको भन्दै उहाँले बजार अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको मन्त्रीको सचिवालयले जनाएको छ । 

विहिबार विभागका महानिर्देशक लीलाप्रसाद शर्मालाई मन्त्रालयमा बोलाएर उहाँले दैनिक उपभोग्य वस्तुको मूल्य, गुणस्तर, मौज्दात तथा बिक्री वितरणको अवस्थाको निरन्तर अनुगमन गर्न निर्देशन दिनुभएको हो ।