३० कार्तिक, २०८१ शुक्रबार
06:35:48 PM
८ बैशाख, २०७९
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनासँग शिष्टाचार भेटघाट गर्ने
काठमाण्डौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का निर्देशक डा.टेड्रोस अधानोम गेब्रेयसस काठमाण्डौं पुग्नुभएको छ ।
डब्लुएचओका निर्देशक डा.टेड्रोसे स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको ले निमन्त्रणमा आज बिहीबार काठमाण्डौं पुग्नुभएको हो ।
स्वास्थ्यमन्त्रीले निर्देशको सम्मानमा रात्रीभोजको आयोजना गर्नुभएको छ ।
तीनदिने भ्रमणका क्रममा नेपालमा रहँदा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनासँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
यस्तै नेपालमा रहँदा उहाँले नेपाल सरकारका उच्च अधिकारीसहित डब्लुएचओका नेपालस्थित प्रतिनिधि र संयुक्त राष्ट्रसंघका प्रतिनिधिसँग पनि छलफल गर्नुहुने छ ।
निर्देशक तीनदिने सद्भाव भ्रमणमा नेपाल आउनु भएको हो । भ्रमणकै क्रममा उहाँले टाइफाइड विरुद्धको खोप अभियान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको पनि अवलोकन गर्नुहुने कार्यक्रम छ ।
भारतहुँदै नेपाल भ्रमणमा आउनुभएका डब्लुएचओका निर्देशक डा.टेड्रोस वैशाख १० गते नेपालबाट फर्कने कार्यक्रम रहेको छ ।