२५ बैशाख, २०८१ मंगलबार

05:53:23 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मिस नेपाल प्रतियोगिताको लागि रजिस्ट्रेसन खुल्यो, खल्तीले सबै सुविधा प्रदान गर्ने

८ बैशाख, २०७९

मिस नेपालमा सहभागी हुन इच्छुक सबैले खल्ती मार्फत् रजिस्टर गर्न र भोट गर्न सक्नेछन् ।

मिस नेपाल प्रतियोगिताको लागि रजिस्ट्रेसन खुल्यो,  खल्तीले सबै सुविधा प्रदान गर्ने

काठमाण्डौं । मिस नेपाल प्रतियोगिताको लागि रजिस्ट्रेसन खुलेको छ । यसको रजिस्ट्रेसन र भोटिंगका लागि नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक खल्ती डिजिटल वालेट सँग साझेदारी भएको छ। 

यस पटकको मिस नेपालमा सहभागी हुन इच्छुक सबैले खल्ती मार्फत् रजिस्टर गर्न र भोट गर्न सक्नेछन्। 

मिस नेपाल नेपालको सबैभन्दा ठूलो र मान्यता प्राप्त वार्षिक प्रतियोगिता हो। सुरुवातदेखि नै यो प्रतियोगिता निकैको लागि सशक्तिकरण र प्रेरणाको स्रोत बनेको छ। 

यस प्रतियोगिता मार्फत सौन्दर्य साथै बौद्धिक क्षमता भएका हाम्रा देशका प्रतिभावान नारीहरुले आफुलाई प्रस्तुत गर्ने अवसर यस प्रतियोगिताले प्रदान गर्दै आइरहेको छ ।