२५ बैशाख, २०८१ मंगलबार

03:15:45 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बिहीबार सुनको मूल्य तोलामा ५ सयले बढ्यो

Nepal Business

२४ चैत, २०७८

बिहीबार सुनको मूल्य तोलामा ५ सयले बढ्यो

काठमाण्डौं– सुनको मूल्य बिहीबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको  हो ।

महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुनको मूल्य तोलाको ९८ हजार पाँच सय रुपैयाँ थियो । 

तेजाबी सुनको मूल्य पनि तोलामा पाँच सय रुपैयाँले बढेर ९८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । 

यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।