२५ बैशाख, २०८१ मंगलबार

03:24:41 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

‘स्टक क्लियरेन्स’ मेला हुँदै

१५ चैत, २०७८

‘स्टक क्लियरेन्स’ मेला हुँदै

काठमाण्डौं–चैते दशैंको अवसरमा ‘स्टक क्लियरेन्स’ मेला आयोजना हुने भएको छ ।

राजधानीको भृकुटीण्डपमा आयोजना हुने ‘स्टक क्लियरेन्स’ मेला चैत २३ देखि २७ गतेसम्म चल्ने इभेण्ट सोलुसन प्रालिले जनानकारी दिएको हो ।

‘दशैंको बेला सस्तो मेला’ भन्ने नाराका साथ आयोजना हुने स्टक क्लियरेन्स मेला ५ दिनसम्म सञ्चालन हुनेछ ।

चाड पर्वका बेला सस्तो मूल्यमा एकै छानामुनी स्वदेशी तथा विदेशी सामानहरु खरिद गर्न सक्नेगरी मेला आयोजना हुन लागेको हो । अधिक रुचाइएको यो मेला वर्षेनी आयोजना हुँदै आएकोमा पछिल्लो वर्ष कोरोना महामारीका कारण आयोजना हुन सकेको थिएन ।

एक्स्पोमा चैते दशैका साथै दैनिक उपभोगका लागि आवश्यक सबै किसिमका सामाग्रीहरुको कारोबार हुने आयोजक संस्था इभेण्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले बताउनुभयो । 

एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, चीन, थाइल्याण्ड र जापानका उत्पादन तथा प्रदर्शकहरुको सहभागिता रहनेछ । यस पटकको मेलामा विभिन्न किसिमका बम्पर छुट अफर समेत रहने आयोजकले जनाएको छ । 

‘मेलामा बजारको तुलनामा सस्तोमा सामान खरिद गर्न सकिन्छ । जहाँ घरायसी प्रयोजनका सम्पूर्ण सामाग्री, छालाका उत्पादनहरु, खानाका परिकार तथा उत्पादन, कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स लगायत सामाग्रीका सयभन्दा बढी स्टलहरु रहने छन्’, इभेण्ट सोलुसन प्रालिका बजार निर्देशक नविन भट्टले भन्नुभयो । 

सम्पूर्ण उपभोग्य सामाग्रीहरु एकै ठाउँबाट विशेष छुटमा उपलब्ध गराउने लक्ष्यका साथ आयोजना गरिएको एक्सपोमा फिक्स्ड प्राइसका साथै विशेष अफरहरु सञ्चालन गरिनेछ । छाला जुत्ता तथा वस्तुहरुको मेलामा विशेष सहभागिता रहनेछ । 

मेलामा काठमाडौं, भक्तपुर, ललितपुर र आसपासबाट उपभोक्ताहरु सामान किन्न आउने र बिक्रेताहरुको पनि राम्रो जमघट हुने विश्वास इभेण्ट सोलुसनले लिएको छ ।

‘सपिंग गर्न उपभोक्ताहरु बजारमा धेरै भौंतारिनु पर्ने अवस्था नहोस् भन्न एउटै छानामूनी क्लियरेन्स मेला आयोजना गर्न लागेका हौं’, इभेण्ट सोलुसन प्रालिका अध्यक्ष सुनिल भण्डारीले भन्नुभयो ।

६० हजार उपभोक्ताले एक्स्पो अवलोकन गर्दै आफुलाई आवश्यक पर्ने वस्तु खरिद गर्ने आँकलन इभेण्ट सोलुसनको छ ।